+
+

मार्भल सुपरहिरो फिल्मबाट बाहिरिए क्रिस इभान्स, एन्थोनी म्याकी ‘क्याप्टेन अमेरिका’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १६:५७
हलिउड अभिनेता क्रिस इभान्स र एन्थोनी म्याकी

काठमाडौं । हलिउड अभिनेता क्रिस इभान्सले मार्भल स्टुडियोको चर्चित सिरिज ‘क्याप्टेन अमेरिका’मा अभिनय गर्न अस्वीकार गरेका छन् । हलिउड रिपोर्टरका अनुसार उनले क्याप्टेन अमेरिका पात्रको रुपमा फर्कने हल्लाको खण्डन समेत गरेका छन् ।

क्रिसले फिल्मको मुख्य चरित्र स्टिभ रोजर्सको भूमिका आफूले नभई साम विल्सनले गर्ने समेत बताए । साम विल्सनको भूमिकामा एन्थोनी म्याकीले अभिनय गरेका छन् । उनले ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । अभिनेता म्याकी क्याप्टेन अमेरिका चरित्रमा योग्य रहेको समेत उनले बताए ।

सन् २०११ मा रिलिज भएको क्याप्टेन अमेरिकाको पहिलो श्रृंखलादेखि नै उनी क्याप्टेन अमेरिकाको चरित्रमा देखिएका छन् । १० फिल्ममा सोही चरित्रमा देखिएपछि उनले अब निरन्तरता नदिने निर्णय लिएका हुन् ।

‘एभेन्जर्स : एन्डगेम’ उनले क्याप्टेन अमेरिकाको भूमिकामा अभिनय गरेको अन्तिम फिल्म थियो । क्रिसको घोषणाले फ्यान निराश भएका छन् । केही समयअघि उनले आफू क्याप्टेन अमेरिकाको भूमिकामा देखिन इच्छुक नरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?