+
+

कालिकोटमा पुरानो घर भत्किँदा पाँच जना घाइते

कालिकोटको खाडाचक्र नगरपालिका-१स्थित मान्मामा पुरानो घर भत्किदा पाँज जना घइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते २१:१२

२६ असार, कालिकोट। कालिकोटको खाडाचक्र नगरपालिका-१स्थित मान्मामा पुरानो घर भत्किदा पाँज जना घइते भएका छन् ।

आइतबार साँझ ५ बजे पुरानो घर भत्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी सिद्धराज न्यौपानेले बताए ।

डीएसपी न्‍यौपानेका अनुसार उक्त घर पुरानो रहेको दुई/तीन वर्षदेखि कोही पनि नबस्‍ने भएकाले मानवीय क्षति हुन पाएन। तर घर भत्किदा सडकमा रहेका पाँचजना भने घाइते भएको उनले बताए ।

डीएसपी न्यौपानेले भने, ‘घर पुरानो र मक्किएको थियो। दुई तीन वर्षदेखि कोही बस्दैन थिएँ। आज घर भत्किँदा सडमा रहेका पाँच सामान्य घाइते भएका छन्।’

उनका अनुसार घाइतेमध्‍ये तीनजना सामान्य उपचारपश्चात घर फर्किएका छन् भने दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?