+
+

जोकोभिचले सातौं पटक जिते विम्बल्डन ओपनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते ६:२१
Photo Credit : रोएटर्स

२७ असार, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् ।

सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा जोकोभिचले एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २७ वर्षीय निक किर्गियोसलाई हराए । जोकोभिचले किर्गियोसलाई ४-६ , ६-३, ६-४, ७-६ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

३५ वर्षीय सर्बियन खेलाडी जोकोभिचको यो २१औं ग्राण्ड्सलाम उपाधि हो र सर्वाधिक २२ पटक ग्राण्ड्सलाम जित्ने कीर्तिमान बनाएका राफायल नाडालभन्दा एकले मात्र पछि छन् ।

जोकोभिचले लगातार चौथो पटक समग्रमा सातौं पटक विम्बल्डन ओपन जितेका हुन् । उनीभन्दा धेरै रोजर फेडेरले ८ पटक विम्बल्डन जितेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?