+
+

माधव नेपालले जीवनकै ठूलो गल्ती गरेका छन् : घनश्याम भूसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते ८:२३

२७ असार, काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ । भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’

केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ ।

नेता भूसालले  अध्यक्ष नेपालले दोहोरो नीति लिएको उल्लेख गर्दै अर्को पार्टी बनाएर कम्युनिष्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने बताए ।

‘कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ,’ भूसालले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?