+
+

१३ खेलाडी नगदसहित पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १५:५०

२७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विभिन्न १३ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । गतवर्ष अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनका आधारमा राखेपले विभिन्न खेलका १३ खेलाडीलाई पुरस्कृत गरेको हो ।

जसमा पारा तेक्वान्दोबाट सर्वाधिक चार खेलाडी छन् । यस्तै बक्सिङबाट तीन तथा एथ्लेटिक्स र ट्रायथलनबाट समान दुई खेलाडी छन् । भलिबल र ब्याडमिन्टनका एक एक खेलाडी छन् ।

खेलाडीहरुले तीन श्रेणीमा पुरस्कृत गरिएको छ । जसमा उनीहरुले नगद ५० हजारदेखि १ लाख ५० हजारसम्म प्राप्त गरेका छन् । पहिलो श्रेणीमा रहेका पारा तेक्वान्दोका पलेशा गोबर्दन र ब्याडमिन्टनका प्रिन्स दाहाले समान १ लाख ५० हजार प्राप्त गरेका छन् । पलेशाले गत डिसेम्बरमा एसियन युथ पारा तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । साथै उनले टोकियो पारा ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

यसैगरी युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा नम्बर एक पोसिजनमा पुग्न सफल भएका थिए । दोस्रो श्रेणीमा बक्सिङका नारिका राई, तिरुवा र छिरिङ शेर्पा तथा पारा तेक्वान्दोकी सृजना घिसिङले समान एक लाख रुपैयाँ प्राप्त गरे ।

बक्सिङका तीन खेलाडीले एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । पारा तेक्वान्दोका सृजनालर् वर्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा रजत जितेकी थिइन् ।

तेस्रो श्रेणी अन्तर्गत एथ्लेटिक्सकी राजपुरा पछाई र पुष्पा भण्डारी, भलिबलकी अरुणा शाही, ट्रायथलनका सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोका रन्जना धामी र विशाल गर्बुजाले समान ५० हजार प्राप्त गरे ।

राजपुराले साउथ एसियन क्रस कन्ट्री तथा पुष्पाले ढाका म्यारथनमा रजत जितेका थिए । अरुणा शाहीको कप्तानीमा नेपाल महिला भलिबल टिमले बंगलादेशमा सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको थियो ।

ट्रायथलनका सोनी र बस्नतले पोखरामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा कास्य जितेका थिए । पारा तेक्वान्दोकी रन्जनाले एसियन गेम्स छनोटमा कास्य जितेकी थिइन् । यस्तै विशालले युथ एसियन गेम्स छनोटमा कास्य जितेका थिए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?