+
+

भन्साली र मुमताजसँगको फोटो सेयर गर्दै मनीषा भन्छिन्- मेरो अनुहारले सबै बताइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:०९

काठमाडौं । लोकप्रिय बलिउड निर्देशक सञ्जयलीला भन्साली ‘गंगुबाई कठियावाडी’को सफलतापछि अहिले नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को तयारीमा छन् ।

विवरणअनुसार अहिलेसम्म यो सिरिजको लागि आधिकारिक रुपमा कलाकारको घोषणा भएको छैन, तर मनिषा कोइरालालाई लिएर भन्सालीले गत साता सिरिजको मुहूर्त नै गरिसकेका छन् ।

यस्तोमा अग्रज अभिनेत्री मुमताज र भन्सालीसँगको तस्वीर मनिषाले सेयर गरेकी छन् । यो तस्वीरको आधारमा ‘हीरामण्डी’मा मुमताज पनि देखिने अनुमान गरिएको छ । तस्वीर सोसल मिडियामा भाइरल पनि बनिरहेको छ । मनिषा र मुमताजलाई सिरिजमा एकसाथ हेर्न फ्यानहरु इच्छुक पनि छन् । यसअघि आएका खबरअनुसार सिरिजमा माधुरी दीक्षित, अदिती राव हैदारी, ऋचा चड्डा, हुमा कुरेशी र सोनाक्षी सिन्हा पनि हिस्सा हुनेछन् ।

तस्वीर सेयर गर्दै मनीषा लेख्छिन्, ‘लिजेन्ड्सको कम्पनीमा । मलाई यस्ता कमालका रचनात्मक मानिससँग रहन प्रिय लाग्छ । मेरो अनुहारले सबै कुरा बताइरहेको छ ।’

केही पहिले खबर आएको थियो कि मुमताजले ‘हीरामण्डी’मा काम गर्न भन्सालीले राखेको प्रस्तावलाई अस्वीकार गरेकी थिइन् । एक अन्तर्वार्तामा बोल्दै मुमताजले भन्सालीले आफूलाई नृत्यको लागि प्रस्ताव गर्ने, तर आफ्ना पतिले त्यसलाई अस्वीकार गर्ने बताएकी थिइन् ।

यदि अहिले मुमताजले भन्सालीको प्रस्तावलाई स्वीकारेकी हुन् भने करिब ४५ वर्षपछि मुमताज अभिनयमा फर्कनेछिन् । महिमा चौधरी, दीप्ति नवल, अदिती राव हैदारीसहितका केही सेलेब्सले यो तस्वीरलाई रियाक्ट गरेका छन् । ‘हीरामण्डी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?