+
+

कांग्रेस बैठकमा भ्रातृ संस्थालाई पूर्णता दिने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १८:१२

२७ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

सोमबार सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेश भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

‘बैठकको मूल उद्देश्य भनेकै शुभेच्छुक, भ्रातृ संगठनहरुलाई गति दिनका लागि सबै क्षेत्रलाई समेटेर त्यहाँ संगठन निर्माण गर्न प्रस्ताव गएको छ, त्यो अगाडि बढ्छ’ उनले भने ।

प्रवक्ता महतले पार्टीको सम्पूर्ण भ्रातृ संगठनहरु पूर्ण रुपमा क्रियाशील र गतिशील हुने बताए । ‘चाँडै नै समग्र रुपमा हाम्रो पार्टीको समग्र भ्रातृ, शुभेच्छुक संगठनदेखि लिएर मूल पार्टी पूर्ण रुपमा क्रियाशील हुन्छ । गतिशील हुन्छ । त्यही अनुसार हाम्रो प्रचार अभियान अगाडि बढ्छ’ उनले भने ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने प्रवक्ता महतले बताए ।

‘स्थानीय तहको निर्वाचनको परिणामको समीक्षाको आधारमा हाम्रो के अनुभव रह्यो र कहाँ कहाँ हाम्रो के के कमी कमजोरी रह्यो, गठबन्धनमा कहाँ राम्रो भयो कहाँ समस्या आयो यसका आधारमा आउने दिनमा यो गठबन्धनलाई पनि कसरी लाने र पार्टी पनि कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुन्छ र त्यसमा हामी निस्कर्ष निकाल्छौं’ उनले भने ।

प्रवक्ता महतले सोमवारको बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचार प्रसार समितिले गरेको कामको प्रतिवेदन पेस भएको जानकारी दिए । उनले पार्टी केन्द्रीय समितिको बैठक केही दिनसम्म चल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?