+
+

सीपीसीका नेता जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १०:३५

२८ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

भेटघाटका लागि जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

नेपालको चार दिने भ्रमणका लागि जियानचाओ आइतबार काठमाडौं आएका थिए । काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरी चिनियाँ टोली बुधबार स्वदेश फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?