+
+
प्रोडक्ट रिभ्यू  :

एनसेलको ‘डबल मजा प्याक’ : डेटा सकिने चिन्ता दूर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:४८

सोच्नुस् तपाईंले राम्रै पैसा पर्ने एउटा मोबाइल किन्नु भयो । त्यो मोबाइल किन्दा तपाईंलाई अर्को एक वटा मोबाइल ‘फ्रि’ मा दिइयो भने के गर्नुहुन्छ ? तपाईंले भन्नुहन्छ, ‘यो त असम्भव कुरा हो ।’ त्यसैगरी ५ जीबी मोबाइल डेटा किन्दा १० जीबी आयो भने ? यसलाई तपाईंले ‘असम्भव छ’ भन्न पाउनुहुन्न । किनभने नेपालमै यो खालको मोडलमा डेटा सेवाको सुरुवात भइसकेको छ । यसको सुरुवात एनसेलले गरेको छ ।

एनसेलले हालै मात्र सञ्चालनमा ल्याएको अफर ‘डबल मजा प्याक’ मा आफ्नो डेटा प्याकको भ्यालिडिटी अर्थात प्याक चलाउन पर्ने समयावधि सकिनु भन्दा पहिले नै प्याक खरिद गरे ५ जीबीको सट्टामा १० जीबी पाउन सकिन्छ । यसका साथै पहिला किनेको प्याकको डेटा भोल्युम बाँकी रहेमा त्यो डेटा र भ्यालिडिटी पनि जोडिन्छ । यो ५ जीबीको प्याक करसहित १२५ रुपैयाँमा पाइन्छ र भ्यालिडिटी ७ दिनको रहन्छ ।

पहिलो पटक प्याक किन्दा ५ जीबी पाउन सकिन्छ भने त्यसपछि भ्यालिटिडी सकिनु अघि नै यो प्याक फेरि खरिद गरियो भने १० जीबी पाइन्छ र प्याक प्रयोग गर्ने व्यक्तिको समयावधि पनि थप ७ दिनले बढेर जान्छ । अर्थात मानौं एक जना ग्राहकले पहिलो प्याक किनेको २ दिनमा अर्को प्याक खरिद गरेको अवस्थामा बाँकी पहिलो प्याकको बाँकी ५ दिन र पछिल्लो प्याकको ७ दिन गरेर समयावधि १२ दिनको बन्छ ।

एनसेलका अनुसार ग्राहकले एस्ट्रिक१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरेर वा एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आईएमइपे जस्ता वालेटबाट पनि किन्न यो प्याक किन्न सकिन्छ । यसको खास विषेशता भनेको यो प्याक मोबाइल डेटाको आवश्यकता अनुसार जति पटक पनि लिन सकिन्छ र किनेको डेटा जोडिंदै जान्छ । त्यसरी किनेको डेटाको अधिकतम समय सीमा भने २८ दिनको रहन्छ । यसको मतलब यो अफर अनुसार टन्नै डेटाको फाइदा लिंदै एचडी फिल्मदेखि अनलाइन गेम लगायतको मजा लिन सकिन्छ । एस्ट्रिक१०१ह्यास डायल गरी आफ्नो डाटाको भ्यालिडिटी थाहा पाउन सकिन्छ ।

यो अफर २४ असारबाट सञ्चालनमा आएको छ । सबै ग्राहकका लागि सुहाउँदो डेटा प्याक ल्याउन माहिर एनसेलको यो ‘डबल मजा प्याक’ अहिलेसम्म आएको प्याकमध्येको एक ‘युनिक’ प्याक हो । कमजोर इन्टरनेट सेवा उपयोग गरिररहेकाहरुलाई त झन एनसेलको सरर चल्ने नेटमा यो प्याकले छुट्टै आनन्द दिन्छ ।

एनसेलले यो प्याकमा नौलो प्रयोग गरेको छ । जसले उपभोक्तालाई दोहोरो डबल फाइदा दिएको छ भने अहिलेको महँगीको अवस्थामा डेटा सेवामा हुने खर्चलाई पनि न्यून बनाउन सघाएको छ । यो डेटा प्याकले आम मोबाइल डेटा उपभोक्तालाई राहत दिन्छ । मोबाइल डेटा, फिक्ड र वाइफाइको तुलनमा महँगो रहेको गुनासाहरु भइरहेको बेलामा यो अफरले गाउँदेखि शहर र निकटदेखि विकटसम्मलाई जहिले जहाँ भएपनि सुलभ शुल्कमा डेटामा पहुँच दिन्छ । विशेषगरी कार्यालय र घर बाहिर पनि इन्टरनेटमा जोडिरहनेहरुले यो डेटा प्याकको दोब्बर फाइदा लिन सक्छन् ।

भोल्युम र समयावधिका हिसावले यस्ता डेटा सेवा नेपाली ग्राहकले लामो समयदेखि खोजिरहेका थिए । एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तव नयाँ खालको सेवा मार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्ने उद्देश्यले कम्पनी काम गरिरहेको बताउँछन् । यो प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गर्दै ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने कम्पनीको पनि विश्वास छ ।

नेपालमा डेटा भोल्यूम दोब्बर बनाउने गरी खासै प्याकहरु सेवा प्रदायकले ल्याएको पाइँदैन । डेटाको अधिक प्रयोग गर्नेहरुले मात्रै नभएर कम प्रयोग गर्नेले पनि सुलभ दरमा डेटा सेवाबाट फाइदा लिन सक्ने देखिन्छ । यसले महँगा डेटा प्याक लिनुपर्ने झन्झट लगभग हटाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?