+

बेलायती धावक फराहको नागरिकता र राहदानी रद्द नहुने

२०७९ असार  २९ गते १२:५८ २०७९ असार २९ गते १२:५८
बेलायती धावक फराहको नागरिकता र राहदानी रद्द नहुने

२९ असार, काठमाडौं । बेलायती गृहमन्त्रालयले धावक मोहम्मद फराह (सर मो) को नागरिकता र राहदानीबारे कुनै पनि किसिमको बहस नगर्ने स्पष्ट पारेको छ ।

बीबीसी र रेडबुल स्टुडियोले तयार पारेको वृत्तचित्रमा फराहले यसअघि आफूले आफ्नो बारेमा गलत विवरण दिएको भन्दै आफ्नो असली कथा खुलाएका थिए ।

त्यसपछि उनीमाथि गलत विवरण पेश गरेर नागरिकता र राहदानी लिएको आरोप लागेको छ ।

तर गृहमन्त्रायले फराहको नागरिकता र राहदानीको बारेमा कुनै पनि बहस, छानबिन र कारबाही नगर्ने स्पष्ट पारेको छ ।

यसअघि शरणार्थीको रुपमा बुबाआमासँग बेलायत आएको बताउने उनले आफूलाई सोमालियाबाट नौ वर्षको उमेरमा तस्करी गरेर बेलायत ल्याइएको खुलासा गरेका थिए ।

चार वटा ओलम्पिक पदक विजेता फराहलाई बेलायत सरकारको निर्णयले निकै सान्तवना दिएको छ । ‘यसले मलाई पुनर्जीेवन दिएको छ’, उनले बीबीसी रेडियोसँग भने, ‘यो मेरो देश हो । मेरो लागि मेरो शारिरीक शिक्षाका शिक्षक एलन तथा अन्य धेरै मानिसहरुको सहयोग मैले बाल्यकालदेखि नै साथ पाइ रहेको छु । साथ र सहयोग नभएको भए मैले यी कुराहरु गर्न सक्दैनथें होला ।’

उनले आफ्नी श्रीमतीलाई विशेष धन्यवाद दिए । ‘म परिवारसँग पनि यी कुराहरु खोल्न सहज अनुभव गर्दिनथें, मैले समाजका अगाडी यी कुराहरु कहिल्यै राखेको थिइनँ ।’
उनले अहिले आएर यी कुराहरु खोल्दा आफूलाई खुसी लागेको बताएका छन् । ‘यो मेरो कहानी थियो । म धेरै खुसी छु, वृत्तचित्रले मेरो बाल्यकालमा भएको वास्तविकता बाहिर ल्यायो ।’

उनकी श्रीमती तानियाले उनलाई समर्थन गरेकी छिन् । ‘मोहमद फराहको कथा सुनेपछि निकै दुःख लाग्यो, चित्त दुख्यो अनि उनलाई त्यस्तो गर्ने मानिसहरुदेखि रिस पनि उठ्यो । अन्त्यतः उनको मनले शान्ति पायो । यो उनको लागि थेरापी जस्तै भएको छ ।’

मोहमद फराह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय