+
+

‘दिलमाया २’ पुस २९ गते रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १३:४९

काठमाडौं । फिल्म ‘दिलमाया’को दोस्रो श्रृंखला आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो । फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको निर्देशक राजु गिरीले बताए ।

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपाली, सञ्जीला पौडेल, सविन बास्तोला लगायतको अभिनय छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, भीष्मराज फुलाराको शब्द रचना, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, विष्णु निराकर र सुस्मिता खत्रीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?