+
+

सुदूरपश्चिममा विपक्षीको १४ बुँदे माग पूरा गर्न सरकार तयार, प्रदेशसभाको अवरोध हट्यो

जनक विष्ट जनक विष्ट
२०७९ असार २९ गते १५:०२

२९ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई लिएर विपक्षी दलले राखेको माग पूरा गर्ने वचन दिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र विपक्षी दलका नेताहरुको बैठकमा नेकपा एमालेसहितका विपक्षी दलले बजेटमाथि राखेका १४ बुँदे माग पूरा गर्ने सहमति भएको हो ।

यो सहमतिसँगै प्रदेशसभामा विपक्षी दलहरुले गरेको अवरोध हटेको छ । आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठक बुधबार दिउँसो ३ बजे बस्ने बताए । उक्त बैठकमा बजेटमाथि छलफल गर्ने र बुधबार नै बजेट पारित गर्ने तयारी छ ।

नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९–८० को बजेट संशोधन गर्नुपर्ने भन्दै १४ बुँदे माग राखेको थियो । उक्त माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान लिएका थिए । बुधबार प्रदेश सरकारले ती माग पूरा गर्ने सहमति जनाएपछि प्रदेशसभाको अवरोध हटेको हो ।

हेर्नुहोस् सहमति

हेर्नुहोस् विपक्षी दलहरुले राखेको १४ बुँदे माग

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?