+
+

कांग्रेस बैठकमा भोलि मन्त्रीहरुले जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १८:१३

२९ असार, काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

केन्द्रीय सदस्यहरुले सरकारको कामकारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको नेताहरुले बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको बताए । बिहीबार नै पदाधिकारीले पनि आफ्नो धारणा राख्नेछन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक बिहीबार समापन हुने सम्भावना रहेको बताए । सोमबार सुरु भएको बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको आलोचना गरेका थिए ।

त्यस्तै संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले पार्टी नेतृत्वविरुद्ध होटल होटलमा गुटबन्दी गरेको भन्दै प्रतिवाद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?