+
+

स्टर्लिङ चेल्सीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते ९:२७

३० असार, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका विंगर रहिम स्टर्लिङलाई अनुबन्ध गरेको छ । चेल्सीले बुधबार स्टर्लिङलाई प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीबाट ५० मिलियन युराेमा अनुबन्ध गरेकाे हाे

चेल्सीले २७ वर्षीय स्टर्लिङसँग पाँच वर्षको सम्झौता गरेका छ  । सम्झौता थपका लागि विकल्पसमेत दिइएको छ ।

सिटीले सन् २०१५ मा लिभरपुलबाट स्टर्लिङलाई भित्र्याएकाे थियाे ।

सिटीमा ७ वर्ष बिताउँदा स्टरलिङले ३३९ खेलमा १३१ गोल गरेका छन् । सिटीमा उनले चार प्रिमियर लिग उपाधि जितेका थिए ।

गत सिजन उनले ३० प्रिमियर लिग खेलमा १३ गोल गरेका थिए ।

स्टर्लिङले आफूले करियरमा धेरै सफलता हात पारिसकेकाे बाँकी उपलब्धि चेल्सीबाट प्राप्त गर्न चाहेकाे बताएका छन् ।

स्टर्लिङले इंग्ल्यान्डका लागि ७७ खेल खेलेका छन् ।

टेड बाेएहलीले गत मे मा चेल्सीकाे स्वामित्व लिएपछि चेल्सीले अनुबन्ध गरेकाे स्टर्लिङ पहिलाे खेलाडी हुन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?