+
+

उपसभामुख निर्वाचित भए संवैधानिक परिषदमा संविधानले खोजेको भूमिका निर्वाह गर्नेछु : पुष्पा भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १२:३३

३० असार, काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दर्ता गरेपछि पुष्पा भुसालले संसदलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् ।

संसद भवन नयाँ वानेश्वर परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपसभामुखमा निर्वाचित भएको खण्डमा संविधान कार्यान्वयनका विषयलाई समेत ध्यान दिने प्रतिवद्धता जनाएकी छन् ।

‘सदनसँग जोडिएका, मुलुकको राजनीतिसँग जोडिएका, आम जनतासँग सरोकारयुक्त विषयलाई प्रभावकारी ढंगबाट उठाउन पनि सहयोग गर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । साथसाथै संविधान कार्यान्वयनको विषयमा पनि सदनले भूमिका खेल्नुपर्ने हुन्छ । निर्वाचित भएपछि मेरो भूमिका यसमा बढ्ता केन्द्रित हुन्छ,’ भुसालले भनिन् ।

उपसभामुख संवैधानिक परिषद्को समेत सदस्य हुने भएकाले संविधानले संवैधानिक परिषद्मा उपसभामुखको जुन भूमिका अपेक्षा गरेको छ त्यो अनुसारको भूमिका इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

भुसालले नेकपा माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?