+
+

‘रचनात्मक असमझदारी’ले रोकियो ‘प्रसाद २’को सुटिङ, विपिन र नम्रता सेट छाडेर हिंडे

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १५:११

काठमाडौं । मुख्य कलाकार नै काठमाडौं फर्किएपछि बुधबारदेखि सुरु हुने भनिएको फिल्म ‘प्रसाद २’को छायांकन अन्तिम समयमा स्थगित भएको छ ।

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायांकन थलो कास्कीको ल्वाङ गाउँबाट काठमाडौं हिंडेपछि सुटिङ अनिश्चित बनेको हो । निर्देशक सुदर्शन थापासहितको प्राविधिक टोली पनि बिहीबार काठमाडौं फर्किंदैछ ।

फिल्मकै एक सदस्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार छायांकनको लागि सबै तयार भइसकेपनि विपिन आमालाई भेट्नु छ भन्दै काठमाडौंतिर हिंडेका थिए ।

नम्रता पनि साथी समेत रहेका अभिनेता रेमनदास श्रेष्ठको बिहेमा सहभागी हुन बिहीबार काठमाडौं आइपुगेकी छन् । ‘सुटिङ सेट रेडी थियो । नम्रताको मेकअप पनि चल्दै थियो,’ ती सदस्यले भने, ‘तर विपिन कार्की मुड छैन भन्दै आमा भेट्न काठमाडौं हिंडेपछि सुटिङ रोकियो ।’

निर्देशक सुदर्शन थापाका अनुसार विपिन र नम्रताले ‘रचनात्मक असमझदारी’को प्रश्न गरेपछि समस्या सुरु भएको थियो । ‘उहाँहरुले भिजुअल ल्यांग्वेज के हो र सट के हो भने सोध्नुभयो । अनि मैले १५ वर्षमा यस्तो प्रश्न पहिलोपटक सुन्दैछु भनेर भनें,’ उनले भने । निर्देशक थापाका अनुसार निर्मातासँगको सहमतिमै छायांकन केही समयलाई रोकिएको छ ।

कलाकारको कारण सुटिङ रोकिएपछि फिल्म युनिटलाई आर्थिक क्षति पुगेको छ । गत महिना भएको पत्रकार सम्मेलनमा विपिनले सुटिङमा ‘ज्वाइन’ हुन आफू निकै उत्साहित रहेको बताएका थिए ।

फिल्म वर्कसपकै लागि कलाकार र टिम बागलुङको भकुण्डे र कास्कीको ल्वाङमा पुगेको थियो । विपिनले पनि आफू काठमाडौं फर्किंदै गरेको बताए । सुटिङ रोकिएको कारणबारे उनले पछि बोल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?