+
+

सुस्मिता सेनसँगको डेटिङमा ललित मोदी, माल्दिभ्सबाट रोमान्टिक तस्वीर सेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १०:०७

काठमाडौं । इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेटिङ गरिरहेको खुलासा गरेका छन् । बिहीबार बेलुका उनका दुई ट्वीटले लामो समयदेखिको गसिपलाई पुष्टि गरेको छ । उनको यो खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ ।

सुस्मितासँगको तस्वीर सेयर गर्दै मोदीले उनलाई बेटर-हाफ भएको उल्लेख गरेका मात्र छैनन्, नयाँ सुरुवात भएको बताएका छन् । आईपीएलका संस्थापक समेत रहेका मोदीले आफूहरुले बिहे गरेको नभई डेटिङ मात्र गरिरहेको उल्लेख गरेका छन् ।

‘स्पष्टताको लागि : हामीले बिहे होइन, डेटिङ गरिरहेका छौं । त्यो पनि कुनै दिन हुनेछ,’ मोदीको ट्वीटमा उल्लेख छ । यसअघि सन् १९९१ अक्टोबरमा मोदीले मिनल सग्रानीसँग बिहे गरेका थिए ।

मिनलबाट मोदीका दुई सन्तान छन् । सन् २०१८ मा क्यान्सरबाट मिनलको निधन भयो । अभिनेत्री सुस्मिताले हालै मोदीसँग माल्दिभ्समा बिदा मनाउँदाको रोमान्टिक तस्वीर सेयर गरेकी थिइन् ।

गत महिना सुस्मिताले बिहे गर्ने योजना नरहेको बताएकी थिइन् । तीन पटक बिहे गर्ने योजना बने पनि त्यो सफल नरहेपछि आफूलाई भगवानले उद्दार गरेको उनको टिप्पणी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?