+
+

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते ११:५८

३१ असार,काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँबाट घटेर ११ सय ४५ रुपयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?