+
+

अमेरिकाले फेरि दियो बालिबालिकालाई लगाउने १० लाख ८ हजार डोज कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १२:०१

३१ असार, काठमाडौं । अमेरिकाले बालबालिकाका लागि कोरोना विरूद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन उपलब्ध गराएको छ ।

५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज भ्याक्सिन बिहीबार बेलुकी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?