+
+

मुकुन र बेनिशालाई लिएर फिल्म ‘बिजुली’का दुई सिक्वेल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १३:०२

काठमाडौं । मुकुन भुसाल र बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘बिजुली’ निर्माणको घोषणा भएको छ । निर्माताले फिल्मको दुई श्रृंखला बन्ने जानकारी दिंदै पहिलो च्याप्टरको टिजर पोस्टर सार्वजनिक गरेका छन् ।

विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको निर्माता लुना केसी हुन् । उनको यो डेब्यु निर्देशन रहनेछ ।

बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको मुख्य भूमिकामा कालु राना पनि अनुबन्धित भएका छन् । अन्य कलाकार छनोट हुन बाँकी छ । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।

फिल्मका क्रिएटिभ प्रोड्युसर केदार भुसालले मिथकमा आधारित पात्रलाई आधुनिक स्वरुप दिने बताए । उनका अनुसार सोसल ड्रामा जनरामा फिल्म निर्माण हुनेछ ।

भदौ अन्तिम सातादेखि छायांकन सुरु हुने फिल्मको सुटिङ काठमाडौं, नेपालगञ्ज, बर्दिया र विदेशमा समेत हुनेछ । ‘फिल्मले दर्शकलाई भिन्न स्वाद दिनेछ । यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’ भुसालले अनलाइनखबरसँग भने ।

कथाअनुसार आफ्नो भूमिकाको लागि निकै नै मेहनत गर्नुपर्ने जरुरी रहेको अभिनेता भुसालले बताए । ‘मैले अहिलेसम्म गरेका फिल्मभन्दा यसमा भिन्न चरित्र छ,’ भुसालले भने, ‘आफ्नो चरित्रमा काम गर्न म निकै उत्साहित छु ।’

अभिनेत्री हमालले नयाँ र जोश जाँगर बोकेर नेपाली फिल्म क्षेत्रमा केही गरौं भनेर लागेको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?