+
+

मेलिना र सुदनको स्वरमा ‘अम्रिका’ सार्वजनिक, सरोज र आश्माको अभिनय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १४:१९

काठमाडौं । मेलिना राई र सुदन गैरेको स्वरमा ‘अम्रिका’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द र सुवास भुसालको संगीत रहेको छ ।

डान्सिङ शैलीको यो गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । डीभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथा भिडियोमा चित्रण गरिएको छ । भिडियोको निर्देशक गणेश शही हुन् ।

भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी , पवन सुस्लिङको छायांकन र दिन्सन शाहको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?