+
+

उपसभामुखमा लोसपाले कांग्रेसलाई समर्थन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १४:२४

३१ असार, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल छिन् भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

आफूहरु सत्ता गठबन्धनमा भएकाले नपाली कांग्रेसका उम्मेदवारलाई नै समर्थन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। यद्यपि त्यसबारे औपचारिक निर्णय आजै २ बजेपछि बस्ने संसदीय दलले गर्ने उनको भनाइ छ ।

आजै ३ बजे संसद बैठकबाट उपसभामुख चयन हुने कार्यतालिका छ । नेकपा एमालेले लोसपाले उम्मदेवारी दिए सर्मथन गर्ने बताएको भए पनि लोसपाले उम्मेदवारी नदिएपछि एमालेले आफ्नो उम्मेदवार उठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?