+
+

गर्मीका कारण वीरगञ्जका विद्यालय साउन २० गतेसम्म बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १८:२७

३१ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले साउन २० गते सम्मका लागि विद्यालय बन्द गरेको छ ।

अत्याधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा असर परेकोले विद्यालय बन्द गर्नु परेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । महानगरले यसअघि असार २८ गतेदेखि असार ३१ गते शुक्रबारसम्म पनि गर्मी विदा दिएको थियो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरेर अत्याधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै साउन २० गते सम्मका लागि विद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।

शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे विदा उल्लेख भए पनि गर्मी घट्नुको सट्टा झन् बढ्दै गएकाले साउन १ देखि २० गतेसम्म विदा दिने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

‘वेदर फोरकाष्ट हेर्दा गर्मी घट्ने छाँटकाँट छैन, सामुदायिक र संस्थागत विद्यालयकै सहमतिमा तयार गरेको शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे विदा नै थियो, उनले भने, ुमौसम प्रतिकूलताले गर्दा एक साता अघि सारेर विदा दिएका छौं । क्यालेन्डरमा साउन मसान्तसम्म विदा गर्ने भन्ने थियो, एक साता अघि नै स्कुल खोल्ने भनेका छौं ।’

वीरगञ्जमा ९० वटा सामुदायिक, १८० वटा जति संस्थागत विद्यालयमा गरी ७८ हजार भन्दा बढी विधार्थी अध्ययनरत छन् ।

गर्मीकै कारण पोखरिया नागरपालिका, बिन्दवासिनी, धोविनी र पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि १ महिनाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?