+
+

हतियार किन्ने योजना छैन, पैसा पनि छैन : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १५:५२

३२ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्न पैसा नै नभएको बताए । ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’

उनले हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?