+
+

नारायणकाजीलाई ओलीको जवाफ : आफ्नो विचारमा पार्टीलाई पुर्‍याउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १७:२७

३२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेताहरुले सही विचारका लागि गठबन्धन गर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालमेलमा जोड दिएका थिए । त्यसका लागि आत्मसमीक्षा गर्न सबै तयार हुनुपर्ने उनले बताएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता चन्द्र भण्डारीले पनि विदेश नीतिमा प्रश्न उठाएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका ओलीले आयोजकले गठबन्धनका राम्रा नेताहरुलाई छानेर ल्याएको टिप्पणी गरे ।

उनले नेताहरुलाई भने, ‘जे भनेपनि ताली बजाउने गरेर मात्र भएन, गठबन्धनभित्र सहीका लागि लड्नुपर्‍यो । लड्ने मात्र होइन, विचार व्यक्त गरेर छाड्ने मात्र होइन, एउटा नेताका हिसाबमा तपाईंहरुको कर्तव्य हुन्छ कि आफ्नो विचारमा आफ्नो पार्टी र गठबन्धनलाई पुर्‍याउने ।’

‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो । पार्टीलाई पुर्‍याउनु हुन्न र विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरु ? पार्टी त तपाईहरु जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?