
३२ असार, दाङ । दाङमा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।
शनिबार विहान सवा ७ बजेतिर घोराही उपमहानगरपालिका–९ इब्राहिम मियाको गोठ भत्किदा उनकी छोरी दुई बर्षीया अविता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ
विहान गोठ भत्किँदा नजिकै खेलिरहेकी बालिका च्यापिएर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4