+
+

‘कबड्डी ४’को ५१ दिन : नेपालमा २२ करोड ८३ लाख कमाउँदा अस्ट्रेलियामा ४ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते ११:३३

काठमाडौं । ‘कबड्डी ४’ले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । धेरैपछि कुनै नेपाली फिल्मले यो उपलब्धि हासिल गरेको हो ।

सोे अवधिमा फिल्मले घरेलु बक्स अफिसमा २२ करोड ८३ लाख ३८ हजार ८६४ रुपैयाँ ग्रस कमाएको छ । शनिबारै फिल्मले अस्ट्रेलियामा पनि ५१ दिन ‘सेलिब्रेसन’ गरेको छ ।

आठ अस्ट्रेलियाली राज्यबाट फिल्मको कमाइ ४ करोड ग्रसभन्दा बढी छ । कुल ९० शोमध्ये सिड्नीमा मात्र ३९ शो थियो । यो कलेक्सन कुनै नेपाली फिल्मले अहिलेसम्म विदेशमा कमाएको उच्च रकम हो ।

रोशन भट्टराईको समूहले ४० लाख रुपैयाँमा अस्ट्रेलियामा फिल्मको राइट खरिद गरेको हो । कुल खर्च कटाएर निर्माताले १ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । ‘कबड्डी ४’ ‘जात्रैजात्रा’पछि अस्ट्रेलियामा धेरै कमाउने नेपाली फिल्म समेत बनेको छ ।

अमेरिकामा समेत कबड्डी ४ ले ३ करोडभन्दा बढी ग्रस कमाइ गरेको वितरकले जनाएको छ । त्यहाँ भएका ४० शोबाट फिल्मले उक्त कमाइ गरेको हो । भारत, युरोप, मध्यपूर्व र हङकङमा समेत फिल्मको कमाइ आक्रामक रहेको जनाइएको छ ।

निर्माता मणिराम पोखरेलले ‘कबड्डी ४’ ले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गरेको बताए । ‘यसले पुष्टि गरेको छ कि नेपाली फिल्मले अन्तर्राष्ट्रिय उपस्थितिमा आफूलाई बलियो तुल्याउन सक्छ,’ पोखरेलले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?