+
+

पाटन संग्रहालयमा सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १३:४०

काठमाडौं । गायक सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने भएको छ । आर्टमाण्डुको आयोजना तथा पीआरभी इन्टरटेनटमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्रहालयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन् ।

तीनपाते, बाफ, घुमीघुमी जस्ता गीतबाट लोकप्रिय भएका सुजनको यो पहिलो लाइभ कार्यक्रम हो । शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनको लाइभ प्रस्तुति हुने जनाइएको छ ।

कार्यक्रममा सुजनले आफ्ना चर्चित गीतसँगै झलकमान गन्धर्वको दुई गीत समेत गाउनेछन् । सुजनलाई गायनमा गायिका शान्तिश्री परियार र विद्या तिवारीले साथ दिनेछन् ।

कोरोना महामारीका कारण करिब दुई वर्ष नेपालमा लाइभ म्युजिक कार्यक्रम प्रभावित भएका थिए । ‘अब त्यो माहोललाई पुनर्जागृत गर्न र गुणस्तरीय सांगीतिक शोको सुरुवात गर्न कार्यक्रम आयोजना गरेका हौं,’ आयोजक तथा निर्देशक नवीन चौहानले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?