+
+

घोराही सिमेन्टको आईपीओ प्रतिकित्ता ४३५ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते ११:३१

१ साउन, काठमाडौं । घोराही सिमेन्टको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) प्रतिकित्ता ४३५ रुपैयाँमा खुल्ने भएको छ ।

प्रिमियम मूल्यमा आइपीओ निकाल्ने प्रक्रिया थालेको सिमेन्टले हिमालयन क्यापिटल र नविल इन्भेष्टमेन्ट बैकिङलाई बिक्री प्रबन्धक तोकेको छ । साथै नागरिक लगानी कोष र घोराही सिमेन्टबीच सेयर प्रत्याभूति (अन्डर राइटिङ) गर्ने सम्बन्धी सम्झौता समेत भएको छ ।

कोषका अनुसार घोराही सिमेन्टको ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयरको अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम बापत ३ सय ३५ रुपैयाँ थप गरी प्रति कित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैयाँको सेयरको प्रत्याभूति हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?