+
+
Shares

भारत भ्रमण फलदायी भयो : प्रचण्ड सचिवालय

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १७:१०

१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारत भ्रमण फलादायी भएको बताएको छ ।

तीन दिने भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने क्रममा जारी प्रेस नोटमा प्रचण्ड सचिवालयले पार्टी टू पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको र दुई देशबीचको सम्बन्ध सुदृढ गर्न फलादायी बनेको उल्लेख गरेको छ ।

‘भाजपा अध्यक्ष जेपी नड्डा ज्युको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापुर्वक सम्पन्न भएको छ,’ प्रेस नोटमा उल्लेख छ, ‘पार्टी टू पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण सम्बन्ध विकासका लागि महत्वपूर्ण रहेको छ भने दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ ।’

प्रचण्ड सचिवालयका अनुसार भ्रमणको क्रममा प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरूलाई जोड दिएर उठाएको र भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको बताएको छ ।

भ्रमणका क्रममा प्रचण्डले विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेट गरेका थिए ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गर्ने भनिएको थियो । तर, प्रचण्ड मोदीसँग भेट नगरी स्वदेश फर्किन लागेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?