+
+

सनराइज बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १९:३५

काठमाडौं । सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासँगै सनराइज बैंकका ग्राहकहरुले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानी, हवाईजहाजको टिकट लगायतका सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । साथै १ हजार ५०० भन्दा बढी मर्चेन्टहरुमा क्यूआर कोड मार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।

क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पीओएसमा वा इकमर्समार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यूआर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?