२ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएका लंका प्रिमियर लिग (एलपीएल) स्थगित भएको छ ।
एलपीएल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय थियो । तर श्रीलंका क्रिकेट (एसएलसी) ले तत्काका लागि लागु हुने गरी लिग स्थगित भएको जनाएको छ ।
श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको हो ।
लिगको अधिकार पाएको इन्नोभेसन प्रोडक्सन ग्रुपले देशको वर्तमान आर्थिक अवस्थाका कारण लिग गर्न नसक्ने भन्दै आग्रह गरेपछि श्रीलंका क्रिकेटले उक्त निर्णय लिएको बताएको छ ।
तेस्रो संस्करणको एलपीएलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछाने दम्बुला जायन्ट्समा अनुबन्धित भएका थिए । उनलाई दम्बुलाले ४० हजार डलरमा विदेशी कोटामा राखेको हो ।
 
                    










 २०७९ साउन  २ गते ८:२२
                        २०७९ साउन  २ गते ८:२२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4