+
+

पहिलो साउने सोमबार : पशुपतिनाथमा व्रतालुको भीड (फोटोफिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ साउन २ गते ११:१७

२ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबार हिन्दू महिलाहरूका लागि विशेष दिन मानिन्छ ।  आजको दिन महिलाहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् ।

देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज बिहानैदेखि व्रतालु महिलाहरू भक्तिभाव व्यक्त गर्न पुगेका छन् ।

साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।  सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकोले महिलाहरू बिहानै मन्दिर पुगेका हुन् ।

पशुपतिका केही तस्वीरहरू

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?