+
+

सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते ९:३२

३ साउन, काठमाडौं । सुस्त मनस्थितिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मर बहादुर भुजेललाई प्रहरीले सोमबार बिहान २ बजे घरबाटै पक्राउ गरेको हो ।

पधेरोटोल भन्ने स्थानको बाटोमा १२ वर्षीया एक बालिकालाई साउन १ गते बेलुका साढे ७ बजे जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा भुजेललाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिए ।

उनीमाथि जवरजस्ती करणी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?