+
+

महजोडीको ‘महापुरुष’लाई दशैंमा ल्याउने तयारी, ‘परदेशी २’सँग होला भिडन्त ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते ११:३५
कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । फाइल तस्वीर

काठमाडौं । फिल्म प्रदर्शनको हिसाबले आगामी भदौ, असोज र कात्तिक महिना व्यस्त हुनेछन् । यी तीन महिनाको रिलिज क्यालेन्डर भरिभराउ छ । कमाइको हिसाबले पनि आकर्षक मानिने यी महिनामा मिति जुराउन निर्मातालाई हम्मेहम्मे छ ।

कात्तिक ४ गते चार फिल्म प्रदर्शन हुँदैछन् भने सोही मितिमा विदेशी फिल्म पनि लाग्नेछन् । यसपटक दशैंको लामो बिदा भएकाले पनि त्यसबेला ‘प्रेमगीत ३’ र ‘परदेशी २’ ले यसअघि नै प्रदर्शन मिति घोषणा गरिसकेका छन् । दशैंको माहोलमा महजोडीको नयाँ फिल्म ‘महापुरुष’ पनि रिलिज गर्ने तयारी गरिएको छ ।

निकट स्रोतका अनुसार ‘परदेशी २’ आउने तय भएको असोज १४ गतेको मितिमा अब मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म महापुरुष आउने निश्चितजस्तै छ । छायांकन सकिन दुई साता बाँकी रहेको यो फिल्मले अहिले छायांकनसँगै अनलाइन सम्पादन पनि गरिरहेको छ ।

कात्तिक ४ मा आउने भनिएको ‘महापुरुष’ अन्य दुई फिल्म के घर के डेरा र २ नम्बरी आउने भएपछि पोस्टपोन्ड हुन लागेको हो । यसैकारण निर्माता अहिले छायांकनसँगै सम्पादन कार्यलाई अन्तिम रुप दिने चटारोमा छन् । प्रदर्शनबारे चाँडै औपचारिक जानकारी दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?