+
+

गभर्नर बर्खास्तीको माग गर्दै सत्तारुढ ३ विद्यार्थी संगठन आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १६:४१

३ साउन, काठमाडौं । सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन सुरु गरेको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणवद्ध आन्दोलन घोषणा गरेका हुन् ।

उनीहरुले नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै हो भन्ने दावी गर्दै उनलाई बर्खास्तीको माग गरेका हुन् ।

विद्यार्थी संगठनहरुले साउन ३ गते गभर्नर बर्खास्तीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउने, साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने घोषणा गरेका छन् ।

त्यस्तै साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने, साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाव दिने निर्णय गरेका छन् ।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?