+
+

खुला बाबुरामको भूमिगत पार्टी !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १९:१८

३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुटेपछि नेकपा एमालेमै बस्नु पर्दा माधवकुमार नेपालले नयाँ पार्टी खोल्न जुन जुक्ति लगाएका थिए पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सोही जुक्ति प्रयोग गरेका छन् ।

हालै जनता समाजवादी पार्टीबाट बर्हिगमन रोजेका डा. बाबुराम भट्टराईको नयाँ पार्टीको नाम ‘समावेशी लोकतान्त्रिक पार्टी’ हुने भएको छ । यसअघि माधव नेपालले एमालेमा अध्यक्ष केपी ओलीसँग विवाद चर्किदै जाँदा जीवन राईको नाममा नेकपा एकीकृत समाजवादी पार्टी भूमिगत रुपमा दर्ता गराएका थिए । कालान्तरमा त्यो उनकै पार्टी हुन गयो ।

अहिले भट्टराईले सोही उपाय अपनाएका छन् । जसपामा विवाद बढ्दै गएपछि भट्टराईनिकट दीपक लामिछानेको अध्यक्षतामा गत ५ फागुनमै उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

यो दलको चुनाव चिह्न नयाँ शक्ति पार्टीसँग मिल्दोजुल्दो ‘खुलेको एक आँखा’ राखिएको छ । असार अन्तिमतिर (२८–२९) भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक बोलाएर पार्टी पुर्नगठन गर्ने निर्णय गराएका थिए । लगत्तै जसपाको संस्थापन पक्षले ९ नेतालाई कारबाही गरेपछि पार्टीविहीन बनेका भट्टराईले यसअघि नै दर्ता गरिएको पार्टीलाई कामकाजमा ल्याउन लागेका हुन् ।

भट्टराईले यसअघिको नयाँ शक्ति पार्टीको बबरमहलस्थित पार्टी कार्यालयलाई नै अहिले गतिविधि सञ्चालन गर्न प्रयोगमा ल्याउन लागेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?