+
+

वीरगञ्जका ३२ वटै वडाबाट कर र दस्तुर अनलाइन भुक्तानीको व्यवस्था मिलाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १०:४९
कम्प्युटर अपरेटर तालिममा सहभागीहरू

४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट अनलाइन सिस्टम मार्फत कर तथा अन्य दस्तुर भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाउने भएको छ । त्यसका लागि महानगरले आवश्यक तयारी शुरु गरिसकेको छ ।

वीरगञ्ज महानगरमा १६ वटा शहरी र १६ वटै ग्रामिण वडा छन् । हाल वडा नं २९ ले मात्रै  सम्पत्ति कर लगायत कर र अन्य दस्तुर अनलाइन सिस्टमबाट लिँदै आएको छ । शहरी वडाहरु मध्ये वडा नं ७, ८, १० ले पनि अनलाइन सफ्टवेयर प्रयोग गर्न थालिसकेका छन् ।

अन्य वडाहरुले दस्तुरहरु रसिद काटेर लिने गरेका थिए भने विभिन्न करहरु भुक्तानी गर्नका लागि महानगरपालिकाको कार्यालय नै आउनुपर्ने बाध्यता छ ।

महानगरले वडा कार्यालयबाट प्रवाह हुने सेवा १० गतेसम्मका लागि बन्द नै गरेर कम्प्युटर अपरेटरहरुलाई तालिम दिइरहेको छ । सोमबार बिहानदेखि नै अनलाइन सफ्टवेयरको बारेमा तालिम शुरु भइसकेको महानगरपालिकाले जनाएको छ । त्रिजुद्ध रघुविर महावीर प्रसाद मा.वि. मा सञ्चालित तालिम साउन ७ गतेसम्म चल्ने छ ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिकाले दैनिक रुपमा असुल उपर गर्दै आएका विभिन्न प्रकृतिका कर, शुल्क तथा दस्तुरहरु वडा कार्यालयबाटै अनलाइन सफ्टवेयरमा इन्ट्री गर्न सिकाइने राजश्व व्यवस्थापन शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । तालिम लिइसकेपछि उनीहरुले महानगरले लिने सम्पूर्ण कर, शुल्क तथा दस्तुरहरु वडाबाट नै सफ्टवेयरमा इन्ट्री गर्न सक्ने दावी उनको छ ।

‘पहिला अधिकांश वडाले सिफारिस दस्तुर, शुल्कहरु हातले रसिद काटेर लिने गरेका थिए,’ उनले भने, ‘अबदेखि नजिकै खोलिएको बैंकको काउन्टरमा पैसा बुझाउनुपर्ने हुन्छ, त्यो भौचर ल्याएर बुझाएपछि कम्प्युटर अपरेटरले सफ्टवेयरमा इन्ट्री गरिदिन्छन् । अपरेटरले सेवा दिन सक्छु भन्ने भएपछि सेवा सुचारु गर्न सकिन्छ ।’

कम्प्युटर अपरेटरलाई आइपरेको समस्या समाधान गर्न वडा कार्यालयमै गएर भएपनि सिकाउने अभियानमा आफूहरु लागि परेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?