+
+

बिहेअघि गधासँग संसर्ग गर्ने अनौठो चलन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:१४

अहिलेको आधुनिक समाजमा समेत दुनियामा कतिपय यस्ता परम्परा तथा प्रथाहरू छन् जुन जोकोहीलाई पत्याउन गाह्रो हुन्छ ।

कतै बिहे अगाडि बेहुलीको शरीरमा कालो ध्वाँसो पोतिन्छ भने कतै सौतेलो बुवासँग छोरीको बिहे गराइन्छ ।

योभन्दा पनि निकै अनौठो र कल्पना गर्नसमेत गाह्रो पर्ने परम्परा चाहिं कोलम्बियामा छ । ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको कार्टाजेना सहरमा सदियौंदेखि यो प्रथा चलिआएको छ ।

बन्दरगाहका कारण चर्चित यो सहर बिहे अगाडिको एउटा अनौठो प्रथाका कारण पनि चर्चित छ । त्यहाँ बिहे अगाडि युवकहरूले गधासँग सम्बन्ध कायम गर्नुपर्दछ । अर्थात् बेहुलीसँग संसर्ग गर्नु अगाडि बेहुलाले गधासँग संसर्ग गर्नुपर्ने चलन छ ।

यस्तो परम्परा पछाडिको कारण पनि अनौठो नै छ । स्थानीय मान्यता अनुसार यदि कुनै युवकले बिहेभन्दा अगाडि गधासँग यौन सम्पर्क राखेमा उसको यौनांग राम्रोसँग विकसित हुन्छ र ठूलो यौनांग हुनाले पत्नीलाई यौनसुख दिन सक्दछ । साथै गधासँग यौन सम्पर्क राख्नाले युवकलाई समलिंगी हुनबाट पनि बचाउने मान्यता छ ।

कोलम्बियामा यो प्रथा निकै चर्चित भएकै कारण त्यहाँका चर्चित कलाकारले समेत यस प्रथाका विषयमा गीत लेखिसकेका छन् । साथै त्यस प्रथाका विषयमा वृत्तचित्र पनि बनिसकेको छ ।

मानिसले गधासँग यौन सम्पर्क राख्ने कुरा अनैतिक, गैरकानुनी र जनावरको अधिकार विरोधी हो । तर यस विषयमा कुनै कानुनी कारबाही हुने गरेको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?