+
+

नेप्से ४.८९ अंकले बढ्यो, १ अर्ब ७३ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १५:३७

४ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको चौथो कारोबार दिन नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ ।

नेम्सेमा एकल अंकको सामान्य वृद्धि हुँदा बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् । यता विकास बैंक वित्त कम्पनी लगायतका उपसूचक भने बढेको छ । वित्त कम्पनी उपसूचक १.९१ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा मंगलबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको बजारमा बुधबार ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख र आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाखको कारोबार भएको छ ।

बुधबार धेरै मूल्य बढ्नेमा मल्टिपर्पस फाइनान्स लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले वृद्धि हुँदा कर्णाली डेभलपमेन्ट बैंकको ४.३५ प्रतिशत र शिवम् सिमेन्टकोे सेयरमूल्य ३.८७ प्रतिशतले बढेको छ ।

यता मूल्य धेरै घट्ने शीर्ष ५ कम्पनीमा ४ वटा ऋणपत्र र समुहिक लगानी कोषको इकाइ रहेका छन् । सूचीकृत कम्पनीमा इमर्जीङ नेपालको सेयरमूल्य ४.३१ प्रतिशतले गिरावट भएको छ ।

कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ८७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ६ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?