+
+

एसपीपीमा सहभागी नहुने पत्र पठाउन अझै छलफल गर्दै परराष्ट्र मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १५:३६

४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउने विषयमा अध्ययन भइरहेको प्रतिक्रिया दिएको छ । अध्ययन भइरहेकाले पत्राचार गर्न ढिला भएको मन्त्रालयले बताएको छ ।

बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सेवा लम्सालले नेपाली सेनाले विपदका नाममा सहयोग लिएको भनेको हुँदा सोही विषयमा छलफल भइरहेको बताइन् ।

‘हामी सरोकारवालासँग छलफल गरिरहेका छौं । यसअघि पनि सहयोग आइरहेको छ’, प्रवक्ता लम्सालले भनिन्, ‘विपद सहयोग, पूर्वाधार लगायतका विषय छन् । आइरहेका सहयोग नरोकिउन भन्ने हाम्रो कन्सर्न हो । हामी त्यही अनुसार अध्ययन र छलफलमा छौं ।’

एसपीपीका विषयमा सदन र सडकबाट विरोध भएपछि मन्त्रिपरिषद बैठकले सहभागी नहुने निर्णय गरेको थियो । त्यससम्बन्धी जानकारी सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई दिने निर्णय गरे पनि अहिलेसम्म पत्राचार भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?