+
+

स्रोत नखुलेको ४१ लाख ५५ हजारसहित वीरगञ्जमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते २०:२५

४ साउन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित गर्ने एक जना पक्राउ गरेको छ । भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं ११ का २५ वर्षीय राकेश कुमार पक्राउ परेका हुन् ।

बुधबार बिहान विशेष सूचनाको अधारमा तालुक प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट राकेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिटमुनि र ट्याङ्कीमा लुकाई राखेको स्रोत नखुलेको नेपाली ४१ लाख ५५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद काकीले जानकारी दिए ।

स्रोत नखुलेको रकम, मोटरसाइकल सहित राकेशलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?