+
+

ललितपुरको नगर प्रहरीले विद्युतीय स्कुटरबाट थाल्यो गस्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १२:४७

५ साउन, काठमाडौं । ललितपुरको नगर प्रहरीको ‘क्विक रेसपोन्स टिम’ले विद्युतीय स्कुटरमा गस्ती थालेको छ । बिहीबार एक कार्यक्रमका बीच मेयर चिरिबाबु महर्जनले नगरप्रहरीलाई स्कुटर हस्तान्तरण गरेर गस्तीको शुभारम्भ गरे । अहिलेसम्म नगर प्रहरीले साइकलमा गस्ती गर्दै आएको छ ।

महानगरपालिकाले दिएको ५ वटा स्कुटरबाट नगर प्रहरीले गस्ती सुरु गरेको हो । ‘सवारीमा जाम हुन्छ, गल्ली-गल्लीमा जानुपर्छ,’ नगरप्रहरी प्रमुख सिताराम हाछेथुले भने,’प्रहरीले जस्तै हामी पनि ‘क्युक रेसपोन्स टिम’का रुपमा लगातार सेवा दिन्छौं ।’

हाछेथुका अनुसार फोहोर व्यवस्थापन गर्न, फुटपाथ खुला राख्न र जथाभावी हुने पार्किङ व्यवस्थापन गर्न र चक्रपथ बाहरि पनि नगर प्रहरीको सेवा दिन स्कुटरको गस्ती प्रभावकारी हुनेछ ।

उनका अनुसार अब चक्रपथ बाहिर पनि नगरप्रहरीले थप विश्वसनीय सेवा दिन सक्नेछ ।



फोटो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?