+
+

फिल्म ‘म’को ट्रेलर : अस्पतालमा भर्ना भएको बिरामीको आपराधिक योजनाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १८:००
'म'को ट्रेलर लन्च कार्यक्रममा निर्देशक सुवर्ण थापा, अभिनेत्री सुरक्षा पन्त, कलाकार सञ्जोग रसाइली लगायत

काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर रिलिज भएको छ । बिहीबार सार्वजनिक ट्रेलरमा अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ ।

फिल्मको केन्द्रीय पात्र सञ्जोग रसाइली हुन् । ट्रेलरमा पनि उनले यथेष्ट स्थान पाएका छन् । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी सञ्जोगको यो डेब्यु फिल्म समेत हो ।

फिल्ममा निशा अधिकारी चिकित्सक, रुविना थापा नर्स, नीराजन प्रधान प्रहरी अधिकृत, नरेन खड्का ग्याङस्टर भूमिकामा प्रस्तुत छन् । फिल्ममा अभिनेता सरोज खनाल पनि मुख्य भूमिकामा छन् ।

विमला हुमागाईं र पदम पुरीले निर्माण गरेको फिल्म ‘म’ साउन २० गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा प्रकाश पुरीको कथा र बनिष शाहको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?