+
+

एसपीपी स्वीकार नगर्ने पत्रबारे जानकारी गराउन सभामुखको रुलिङ 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १८:४३

५ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा उठाएको प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले एसपिपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु’ उनले प्रतिनिधिसभा बैठकमा भने ।

मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन ।

नेकपा एमालेका सांसद भीमबहादुर रावल, नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङलगायतले एसपीपीमा सहभागी नहुने भनी सरकारले पत्राचार नगरेको भन्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?