+
+

निफ्राले कमायो १ अर्ब माथि नाफा, पूँजी बढ्दा घट्यो प्रतिसेयर नेटवर्थ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १२:२५

६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले एक अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले एक अर्ब २ करोड  २६ लाख रुपैयाँ नाफा आर्जन गरेको  छ ।

जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २२.५३ प्रतिशतले वृद्धि गरेको छ । आव २०७७/०७८ मा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

अघिल्लो आवमा २० अर्ब चुक्ता पूँजी रहेको बैंकले गत आबमा ८ प्रतिशत बोनस सेयर दिएर २१ अर्ब ६० करोड रुपैयाँ पूँजी पुर्याउँदा पनि बैंकको नाफमावृद्धि हुँदा पैतिसेयर आम्दानी बढेको छ ।

अघिल्लो आबमा ४ रुपैयाँ २९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ । सञ्चित नाफाबाट गत आबमा लाभांश वितरण गर्दा बैंकको प्रतिसेयर नेटवर्थ भने ११७ रुपैयाँ घटेर १०८ रुपैयाँ ४ पैसा पुगेको छ । बैंकको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षमा बैंकको कर्जा विस्तारसँगै खुद ब्याज आम्दानीमा वृद्धि हुँदा नाफा  पनि बढेको छ । गत आबमा बैंकको निक्षेप ३० करोड १६ लाखबाट बढेर ४३ करोड ८० लाख र  सापटी १ अर्ब ६० करोडबाट बढेर १ अर्ब ७५ करोड पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी २ अर्ब २७ करोड ५५ लाखबाट ५८२.८९ प्रतिशतले बढेर १५ अर्ब ५३ करोड ९३ लाख पुगेको छ ।

कर्जा विस्तार सँगै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा १ अर्ब ३३ करोड २९ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आबमा १ अर्ब ८८ करोड ६३ लाख खुद ब्याज आम्दानी गरेको छ ।

यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने बढाएको छ । अघिल्लो आबमा १ करोड ६८ लाख प्रोभिजन गरेको बैंकले गत आबमा १३ करोड ४१ लाख प्रोभिजन गरेको छ ।

आम्दानीमा वृद्धि हुँदा सञ्चालन खर्च बढेपनि बैंकको नाफा बढेको हो । बैंकको सञ्चालन मुनाफा २३.१४ प्रतिशतले वृद्धि भएर एक अर्ब ४६ करोड ५८ लाख पुगेको छ । अघिल्लो आवमा बैंकले एक अर्ब १९करोड ३ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।असार मसान्तमा बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?