+
+

‘पापीले कहिले निको नहुन्या घाउ दिइगयो’

भूमिका विष्ट भूमिका विष्ट
२०७९ साउन ६ गते १५:५२

६ साउन, महेन्द्रनगर । चार महिनापछि विमला (परिवर्तित नाम) एकल महिला भत्ता लिन नगरपालिका जाँदैछिन् । उनको घरदेखि नगरपालिका पुग्न कस्सिएर हिंड्दा दुई घण्टा लाग्छ । यसै त तराईको उखरमाउलो गर्मी । हिंड्दा–हिंड्दै उनको घाँटीको खटिरा चिलाउन थाल्यो । खटिरा कन्याउँदै उनले सुस्केरा हालिन्, ‘मरन्या मरेर बाई गयो पापीले मकनी कहिलै निको नहुन्या घाउ दिइगयो’ (मर्ने त मरेर गयो, पापीले मलाई कहिले निको नहुने घाउ दिएर गयो) ।

उनको दुःखान्त १५ वर्षअघि सुरु भयो । १६ वर्षको कलकलाउँदो उमेरमा विमलाको विवाह भयो । चार छोरा जन्मिए । खाने मुख बढ्दै गयो, तर आयआर्जनको मेलो थिएन । उनका श्रीमान ज्याला मजदुरी गर्न भारततर्फ लागे । भारत गएपछि भने श्रीमानको अत्तोपत्तो हुन छाड्यो ।

श्रीमान कहिले दुई वर्षमा त कहिले तीन वर्षमा मात्र घर फर्कंन्थे । बनिबुतो गरेरै विमलाले चार लालाबाला हुर्काउँदै थिइन् । श्रीमान भारत पसेको धेरै समय बितिसकेको थियो । उनी कहाँ, के गर्दैछन् ? थाहापत्तो थिएन ।

पाँच वर्ष बित्यो । एकरात श्रीमान घर आइपुगे ।

श्रीमान भारत फर्कने बेला फकाईफुल्याई अस्पताल पुर्‍याइयो । उनको स्वास्थ्य जाँच गर्दा एचआईभी संक्रमण देखियो । अब कुनै सन्देह थिएन कि श्रीमानकै गल्तीको सजाय विमलाले भोग्नु परेको छ । अर्थात् श्रीमानबाटै विमलामा एचआईभी संक्रमण भयो ।

श्रीमान पियक्कड थिए । त्यसरात पनि उनी मस्त रक्सी धोकेर आएका थिए । उनी आफ्ना छोराहरुसँग सुतिरहेकी थिइन् । घर फर्किएको पहिलो रात नै श्रीमानले भाँडभैलो गर्न थाले । श्रीमान भन्दै थिए, ‘क्यान पर जादी छै । गाउँमा अरुसँग त सलक्याकी छैन ?’ (किन टाढा हुन्छेस्, गाउँमा अरुसँग लागेकी छस् ?)

दिनभरको कामले उनी थाकेकी थिइन् । मध्यरातमा उठ्ने जाँगर थिएन । तर वर्षौंपछि घर फर्किएका श्रीमानले उनीमाथि नानाभाँती शंका गर्न थाले । आखिर श्रीमानले उनलाई तानेर गोठमा पुर्‍याए । र, बलजफ्ती शारीरिक भोग गरे ।

हप्ता दिनपछि श्रीमान भारत फर्किए । त्यसको केही दिनपछि विमलाको शरीरमा खटिरा आउन थाल्यो । घाममा पर्नासाथ खटिरा असाध्यै चिलाउँथ्यो । घाउ–खटिरा आउँदा गाउँघरमा तीतेपाती लगाउने चलन छ । विमलाले त्यसै गरिन् ।

तर उनको घाउ बिसेक भएन । दिनदिनै खटिरा बढ्न थाल्यो । शरीर नै ढाक्यो । उनले स्थानीय स्वस्थ्य स्वयंसेविकालाई आफ्नो घाउ देखाइन् । स्वास्थ्य स्वयंसेविकाले सुझाइन्, ‘तुरुन्तै अस्पताल जानु ।’

विमला अस्पताल गइन् ।

अस्पतालमा उनको सम्पूर्ण स्वास्थ्य जाँच भयो । र, चिकित्सकले अत्यासलाग्दो रिपोर्ट दिंदै भने, र, चिकित्सकले अत्यासलाग्दो रिपोर्ट दिंदै भने, ‘तपाईंलाई त एचआईभी पोजेटिभ देखियो ।’

उनलाई आकाशले थिचेजस्तै भयो । आफू बसेको भुइँ भासिए झैं भयो । उनको शरीर यसै गल्यो ।

झोलाभरि औषधि र मनभरि पिरलो लिएर उनी घर फर्किइन् । जसै विमला गाउँ पुगिन्, छिमेकीहरु बोल्नै छाडे । इष्टमित्रहरु टाढिन थाले । सबैले छिःछि गर्न थाले । चिकित्सकले भनेका थिए, ‘श्रीमानबाट सरेको हुनसक्छ, उनलाई पनि तुरुन्त बोलाउनु ।’

विमलाले स्वास्थ्य स्वयंसेविकाको सहयोग लिएर श्रीमानलाई आफ्नो खबर पठाइन् । श्रीमान घर फर्किए । तर उनले आफ्नो कारणले एचआईभी नभएको भन्दै श्रीमतीलाई नै अनेक लाञ्छना लगाउन थाले । रक्सी खाएर विमलालाई पिट्न थाले ।

श्रीमान भारत फर्कने बेला फकाईफुल्याई अस्पताल पुर्‍याइयो । उनको स्वास्थ्य जाँच गर्दा एचआईभी संक्रमण देखियो । अब कुनै सन्देह थिएन कि श्रीमानकै गल्तीको सजाय विमलाले भोग्नु परेको छ । अर्थात् श्रीमानबाटै विमलामा एचआईभी संक्रमण भयो ।

विमलाको दुःखान्त पश्चिम तराईका सीमावर्ती क्षेत्रका महिलाहरुको साझा पीडा हो । यस क्षेत्रमा थुप्रै महिला छन्, जसलाई श्रीमानबाट एचआईभी संक्रमण भएको छ । कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यलयका अनुसार यही जेठ महिनासम्म ६३० जना एचआईभी संक्रमित छन् । त्यसमध्ये २९२ महिला छन् भने ३३२ जना पुरुष । ६ जना तेस्रो लिंगी पनि एचआईभी संक्रमित छन् ।

कञ्चनपुरमा एचआईभीबाट हालसम्म १५५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ३८ महिला र ११७ जना पुरुष छन् । सुदूरपश्चिम प्रदेशमा पनि अछाम र कैलालीमा एचआईभी संक्रमित बढी छन् ।

प्राध्यापक सञ्जीव मिश्रका अनुसार देशभर कुल ३० हजार एचआईभी संक्रमित छन् भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा छन् । काठमाडौंमा पनि पछिल्लो समय एचआईभी संक्रमितको संख्या बढिरहेको छ ।

सुदूरपश्चिमका धेरै व्यक्ति रोजगारको सिलसिलामा भारत जाने भएकाले त्यहाँबाट एचआईभी संक्रमित भएर आउनेको संख्या पनि बढेको छ ।

सामान्य जीवन बिताउन सक्छन् एचआईभी संक्रमित

पछिल्लो केही वर्षयता एचआईभी संक्रमितहरु पनि सामान्य जीवन पनि बिताइरहेका छन् । एचआईभीविरुद्धको औषधि नियमित सेवन गरिरहेका व्यक्ति अन्य मानिसजस्तै सामान्य जीवन बिताउन सक्ने मिश्र बताउँछन् ।

‘यदि दम्पतीलाई एचआईभी लागेको छ । तर उनीहरुले नछुटाई राम्ररी औषधि सेवन गरिरहेका छन् भने उनीहरुको बच्चा पनि स्वस्थ्य जन्मिन्छ,’ उनी भन्छन् ।

आयआर्जनका लागि धेरैजसो पुरुष सीमापार गरेर भारत पुग्ने र लामो समय उतै हराउने प्रवृत्ति व्यापक छ । घर फर्केर आउँदा उनीहरुले दुई-चार पैसा मात्र ल्याउँदैनन्, कतिपयले साथमा एचआईभी पनि । यसरी भारतमा ज्यालादारी गर्न गएका श्रीमानबाट थुप्रै श्रीमती एचआईभी संक्रमित भएका छन् ।

यसरी भित्रभित्रै एचआईभी संक्रमण बढ्दै गएपछि त्यहाँ जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिंदै आएको छ । एचआईभी कसरी सर्छ ? यसबाट बच्न के कस्तो उपाय अपनाउन सकिन्छ ? एचआईभी भइहालेमा के कस्ता सावधानी अपनाउने ? कस्तो खानपान गर्ने ? यावत कुरा सिकाउने गरिएको छ । यद्यपि एचआइभी संक्रमणको क्रम भने रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?