+
+

बाराबाट भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते ९:३०

७ साउन, वीरगञ्ज । सशस्त्र प्रहरीले बाराबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुर कैलाश गाउँपालिका ६ सानुलेख बस्ने अन्दाजी २९ वर्षीय राजकुमार रुम्बा तथा भारत बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर वडा नं ११ भरवलीया बस्ने श्यामलाल महतो पक्राउ परेका हुन् ।

शुक्रबार राति ९:५० बजे बाराको महागढीमाई नगरपालिका ५ तेलगाइको बाटो हुँदै दक्षिण भारततर्फ लैजाँदै गरेको ट्रक नम्बर बा५ख ८०७५ राकेर चेकजाँच गर्दा गाँजा फेला परेको थियो ।

ट्रकको माथिल्लो भागमा फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको १० पोका गाँजा फेला परेपछि गाँजा, ट्रक, चालक रुम्बा र महतोलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।

विशेष सूचनाको आधारमा बरामद गरिएको गाँजा, ट्रक र दुवै जना मानिसलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको बाराका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?