+
+

‘ओभरलोड’ भदौ : ११ नेपाली र ६ विदेशी फिल्म रिलिज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १२:१५
फाइल तस्वीर

काठमाडौं । कोरोना महामारीले रोकिएका फिल्म एकैपटक रिलिज हुने भएपछि भदौ महिना नेपालका हल ‘ओभरलोड’ हुने देखिएका छन् ।

११ वटा नेपाली फिल्मले भदौ महिनाको लागि प्रदर्शन मिति तोकेका छन् भने ६ वटा विदेशी फिल्म रिलिज हुनेछन् । एउटै महिनामा १७ फिल्म रिलिज हुने भएपछि यसको चाप वितरण र प्रदर्शन प्रणालीमा पर्नेछ ।

भदौ ३ गते श्रीकृष्ण जन्माष्टमीमा फिल्म माइकल अधिकारी, कृष्णलीला र प्रेमगञ्ज रिलिज हुनेछन् । भदौ १० गते प्रकाश र राधा प्रदर्शन हुनेछन् । भदौ १७ गते झिंगेदाउ र सम्हालिन्छ कहिले मन आउनेछन् ।

यस्तै भदौ २४ गते गोर्खा र ऐना झ्यालको पुतली रिलिज हुनेछन् भने भदौ ३१ गते लाखे र बाबरी प्रदर्शन हुनेछन् । यी सबै फिल्म दर्शकमाझ प्रतीक्षित र स्टारकास्ट भएका फिल्म हुन् ।

बलिउडको दोबारा, लाइगर, ब्रम्हास्त्र समेत यही महिनामा आउनेछन् भने हलिउडको स्पाइडरम्यान : नो वे होमको द मोर फन स्टफ, बिस्ट र द वुमन किङ समेत प्रदर्शन हुनेछन् । दक्षिण भारतीयसहित अझै थप विदेशी फिल्म यो महिनामा आउने अनुमान गरिएको छ ।

व्यापारको हिसाबले भदौ, असोज र कात्तिकलाई आकर्षक महिना मानिएको छ । धेरै आशा गरिएका फिल्म एकैसाथ रिलिज हुँदा दर्शक बाँडिने फिल्मकर्मी बताउँछन् । उसै त विदेशी फिल्म चुनौती बनिरहेको बेला, एउटै मितिमा दुई वा दुईभन्दा बढी नेपाली फिल्म आउँदा यसले थप चुनौती सिर्जना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?