+
+

आउने चुनावमा ठूला दलले नै प्रतिगामी एजेण्डा लिने देखिन्छ : हृदयेश त्रिपाठी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १६:२०

८ असार, काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ठूला राजनीतिक दलहरुले संविधानको मुख्य आधारमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा उठाउन लागेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले ठूला राजनीतिक दलहरु संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षता प्रहार र दुई दलीय व्यवस्थाको वकालत गरेर निर्वाचनमा जान लागेको आरोप लगाएका हुन् ।

‘आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा वा नारा बन्ने देखिन्छ । संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको विक्षिप्त वकालत जस्ता विषयहरुलाई कथित जिम्मेवार दलहरुले नै नारा बनाई निर्वाचनमा जाने लक्षण देखिन्छ’ उनले भने ।

राजनीति शास्त्र र समाजशास्त्रीय दृष्टिकोणले गतिलो काम गर्न नसकेपछि दलहरु प्रतिगामी नाराका सहारा लिन बाध्य भएको उनले टिप्पणी गरे । ‘राजनीति शास्त्र र समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने आफूहरुले गतिलो काम गर्न नसकेको, अग्रमगन तथा दूरदृष्टिको अभावका कारण यसप्रकारका प्रतिगामी नाराका सहारा लिनमा दलहरु लिप्त भएका हुन्छन् र भएका छन्’ उनले भने ।

नेता त्रिपाठीले बैंकहरु नाफामुखी मिटरब्याजी साहु जस्तो भएको टिप्पणी गरे । बैंकहरुले उद्योगमा लगानी गर्न नचाहेको र अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई भार बोकाउन लिप्त भएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?